हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएको बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रतिनिधी मण्डलसँग शुक्रबार भएको को कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
यसै नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
'गएको बर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन्, त्यस वापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समिक्षा हुन्छ ।'
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई पनि कडाइ गरेको बताउनुभयो । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनु पर्ने समयको क्षति हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।