नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
कात्तिक ३०, २०८१ शुक्रबार
धादिङ – धादिङबेसी सल्यानटार सडक अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर १० टारीबेसीमा शनिबार एउटा टिपर पछाडि हटाउन लाग्दा टिपरले किचेर सहचालकको ज्यान गएको छ ।
बा ४ ख ९९१६ नम्बरको खाली टिपर पछाडि हटाउँदा त्यसै टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ निवासी १९ वर्षीय अतित अधिकारी घाइते भए ।
घाइते अधिकारीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।