एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
बैतडी – लगातारको बर्षाले खसेको पहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ स्थित बलैराज आधारभूत विद्यालयको दुई कोठे भवन भत्किएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको १६ लाखको सहयोगमा निर्माण गरिएको भवन निर्माण सकिएको एक हप्ता नुपुग्दै पहिरोले भत्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले जानकारी दिनुभयो ।
विद्यालय भवन माथिबाट खसेको पहिरोले विद्यालयको छानासहित एक कोठा पूर्ण रुपमा क्षति गरेको छ भने अर्को कोठा पनि आंशिक रुपमा भत्किएको छ । विद्यालय भवनको कोठाभित्र नै पहिरो पसेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
विद्यालयको तलतिर पनि पहिरोको जोखिम भएकाले विद्यालयका अन्य भवन पनि पहिरोले बगाउने चिन्ता बढेको उहाँले बताउनुभयो । विद्यालय भवनको तलतिर खनिएको सडकले पहिरोको जोखिम बढेको छ भने माथिबाट पनि अझै पहिरो आउने सम्भावना रहेकाले विद्यालयमा अझै क्षति पुग्ने खतरा देखिएको छ ।
कक्षा ८ सम्म पढाई हुने त्योे विद्यालयमा २ सय ४० विद्यार्थी अध्ययनरत रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।