नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ - होटल व्यवसायीहरुले कोरोनाको प्रभावका कारण होटल बन्द गर्नु नै अहिलेको सबैभन्दा उत्तम विकल्प भएको जनाएका छन् ।
होटल एसोसिएसन अफ नेपाल हानले बिहीबार विज्ञप्तिमार्फत सरकारले लकडाउन खुकुलो बनाउँदा अरु उद्योग खुल्न सक्ने भए पनि होटल खोल्न समस्या रहेको भन्दै केही समयसम्म होटल बन्द गर्नु नै उपयुक्त रहेको जनाउको छ ।
हानले भनेको छ, ‘कोरोनाको महामारीको कारणले नेपालमा केही समयसम्मविदेशीपर्यटकहरू आउने अवस्थानहुँदा यो अवस्थामाहोटल खुला राखी सञ्चालनगर्न कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढीरहने भएकोले सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशैभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होेटल, रिसोर्टहरू लगायतको आबद्धता रहेका क्षेत्रीय होटल संघहरूको निर्णयले केही समयको लागि सञ्चालन बन्द गर्दा उपयुक्त हुने देखिएको छ ।’
होटल बन्द हुँदा होटलमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाई हुने देखिएको पनि हानले जनाएको छ । कर्मचारीहरुको आधारभूत तलबमानको १२.५ प्रतिशतले हुन आउने रकम र प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्कवापतको प्राप्त गर्ने रकमसमेत थप गरी प्रतिष्ठानले ६ महिना सम्म दिने र अपुग रकम संघले माग गरे अनुसारको रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकहरुको लागि उपलब्ध गराइ तत्काल सम्बोधन गर्नुपर्ने हानको माग छ ।
उपयुक्त विकल्प आउन नसके ६ महिनामा परिस्थितिको समीक्षा गर्नेगरीे व्यवसाय बन्द गर्ने र व्यवसायीहरूले बाध्य भएर श्रम ऐन २०७४ बमोजिमको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्नेसम्मको निर्णयमा पुग्नुपर्ने बाध्यता रहेको हानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।