एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
पर्वत –सोमबार दिउँसो पर्वतको कुश्मा नगरपालिका –२, सहस्रधारामा माइक्रोबस र मिनीबस एकापसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।
पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत सहस्रधारामा कुश्माबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ६४०४ नम्वरको मिनीबस र बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६३०२ नम्वरको जीप एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ८ जना धवलागिरि अञ्चल अस्पतालबाटै सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् भने ८ लाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । एक जना धवलागिरि अञ्चल अस्पतालमा नै उपचाररत रहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।