एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ४ बजे तिर पहिरो खसेपछि अहिले यो सडकखण्डमा गाडी चल्न सकेको छैन । अबको डेढ घण्टामा सडक खुलाउने गरि पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि दुई हप्ताअघि साउन ३ गते तोपेखोलामा पहिरो खसेपछि यो सडकखण्डमा पहिरो खसेको थिएन । त्यसअघि २७ किलो भालुढुंगा, चारकिलो चोरखोला र तोपे खोला लगायतका ठाउँमा दिनहुँ पहिरो जाँदा १२ घण्टासम्म अलपत्र बस्नुपर्ने अवस्था थियो ।
अहिले नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो खसिरहने ठाउँमा बायोइन्जिनियरिङ, स्लोप ट्रिमिङ र रक नेटिङ जस्ता विधि अपनाएपछि कम पहिरो खस्दा यात्रुलाई केही राहत मिलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।