एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
गुल्मी – वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेकाे गुल्मीको रिडी–रुद्रवेणी सडक खुलेकाे छ । त्यस सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प नजिकै मङ्गलबार बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियाे ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन डाेजरकाे सहायतामा सडकमा खसेकाे पहिराे हटाइएकाे हाे । सडक अवरुद्ध बनेपछि यात्रु तथा सवारी साधनहरुबीच बाटोमै अलपत्र परेका थिए ।
त्यसैगरी सोमबारदेखि अवरुद्ध बनेको रुद्रवेणी–वामीटक्सार सडक पनि सञ्चालन भएकाे छ । त्यस सडकखण्ड अन्तर्गत डहरे खोला, नादेवा खोला र बादरे भीरलगायतका स्थानमा खसेको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएकाे सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।