रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १६ गतेसम्मकाे लागि स्थगित भएको छ । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाेले बैठक १६ गतेसम्मकाे लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार र शनिबार दुई दिन सीमा विवादसम्बन्धी छलफल चलेको थियो । सीमा अतिक्रमण र गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
शनिबार सीमा विवादबारे २१ जनाले आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेपालको गुमेको भूमिसहितको नक्सा प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधनमार्फत सार्वभौमिकता र भूमि रक्षाकाे लागि ऐतिहासिक पहल भएको नेताहरुले बताएका छन् ।
शनिबार देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले आफ्नो धारणा राखेका थिए । यस्तै टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्दकुमार प्रसाईँ, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले पनि शनिबारको बैठकमा आफ्नो धारणा राखेका थिए ।
भूमि फिर्ताकाे लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताकाे साथ अगाडि बढ्नुपर्ने धारणा स्थायी समिति सदस्यहरुले राखेका छन् । शुक्रबारको बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने केही समय सहभागी हुनुभएको थियो ।
साढे ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बस्नुभएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्था अनुकूल नभएको जानकारी गराउँदै बैठकबाट बाहिरिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।