टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
जाजरकोट – बारेकोट गाँउपालिका ४ को सार्कीटाेलमा बिहीबार राति आएको बाढी पहिरोले दुई वटा घर बगाउँदा एक जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा अन्य ११ जना बेपत्ता भएका छन् ।
गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिनुभएको जानकारी अनुसार बिहीबार राति पहिरोले गोपाल सार्की र कलु सार्कीकाे घर बगाएको हो । पहिरोमा परेर बेपत्ता भएका १२ जनामध्ये एक जनाको शव फेला परेको हो तर शवको पहिचान हुन सकेको छैन ।
पहिरोमा परेर ५२ वर्षीय गोपाल सार्की र उहाँकी ५० वर्षीया श्रीमती पुष्पा सार्र्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की बेपत्ता भएका छन् ।
त्यस्तै ३८ वर्षीया कलु सार्की, उहाँकी छोरीहरु १४ वर्षीया तिर्खा सार्की र ११ वर्षीया कमला सार्की तथा ६ वर्षीय छोरा सुभास सार्की बेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिनुभयो ।
त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुन लाग्न आएका कुशे ९ चौताराकी २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्र्की बेपत्ता भएको सिंहले बताउनुभयो । उहाँका अनुसार उद्धार कार्यमा निकै समस्या भइरहेको छ ।
भौगोलिक विकटताको कारण १२ घण्टापछि प्रहरी टोली घटनास्थलमा
जाजरकोटका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली भर्खरै घटनास्थलतर्फ पुगेको जानकारी दिनुभयो । तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नसकेको उहाँको भनाइ छ ।
बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले पहिरोले मानवीय क्षति गरेकोमा दुःख प्रकट गर्दै धैर्यधारण गर्न र बेपत्ताको खोजी कार्यमा सघाउन सबैलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।