नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या ८ सय ९७ पुग्यो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ ।
गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । गएको वर्षको साउनमा आयात ११ दशमलव ५१ प्रतिशतले घटेको थियो ।
यो वर्षको साउन महिनामा निर्यात व्यापार भने गएको वर्षको तुलनामा झण्डै नौ प्रतिशतले बढेको छ । साउन महिनामा नौ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्षको साउनमा आठ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यो वर्ष निर्यात आठ दशमलव ८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
सुरुको महिनामा व्यापार घाटा ९७ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गएको वर्ष यही अवधिमा ९७ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।
आयात व्यापार घटेसँगै भन्सार राजस्व सङ्कलनमा पनि कमी आएको छ । गएको वर्षको साउनको तुलनामा यो वर्षको साउनमा भन्सार राजस्व सङ्कलनमा १७ दशमलव शून्य सात प्रतिशतले कमी आएको छ । साउनमा जम्मा २२ अर्ब ८४ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । गएकाे वर्ष यही अवधिमा २७ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।