दोस्रो पटक सुडान उड्दै नेपाल एअरलाइन्सको वाइडबडी

 भदौ ४, २०७७ बिहीबार ९:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ । 

संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ ।

जहाजले दुई सय ६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बाेकेर फर्कने नेपाल एअरलाइन्सले जनाएको छ । 

जहाज शुक्रबार राति नेपाल फर्कने तालिका रहेको छ । नेपाल एअरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो । 

यसअघि गएको साउन १३ गते नेपाल एअरलाइन्सले आफ्नो इतिहासमै पहिलो पटक सुडानको लागि उडान गरेको थियो ।


 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया