‘अफिस जाने कर्मचारीलाई  प्रहरीले अपमान गर्दै दु:ख दियो, बैंक खोल्दैनौँ’

 भदौ ४, २०७७ बिहीबार १०:५७:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ - बैंकका कर्मचारीलाई दु:ख दिएको भन्दै नेपाल बैंकर्स संघले बिहीबार काठमाण्डौ उपत्यकाका कुनै पनि शाखा नखोल्ने भएको छ । 

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएको भन्दै बैंकर्स संघले आज बैंकका शाखा नखोल्ने निर्णय गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । 

‘बढीमा दश प्रतिशत कर्मचारी गएर हेड अफिस र सीमित शाखा खोल्नको लागि हिजो सहमति भएको थियो, तर आज हाम्रा कर्मचारीलाई बाटोमा अपमान भएको छ, प्रहरीले दुःख दिएको छ, कतै त केहीबेर पक्राउ गरेर छाडेको भन्ने खबर आएको छ, यो अत्यन्तै दुःखद विषय हो, त्यसैले आज उपत्यकाका कुनै पनि बैंक नखोल्ने निर्णय गरेका छौं ।’  बैंकर्स संघका अध्यक्ष भुवन दाहालले उज्यालोसँग भन्नुभयो ।

सबै वाणिज्य बैंकका मुख्य कार्यालय काठमाण्डौमा रहेकाले देशभरिको काम त्यहीँबाटै गर्नुपर्ने तर प्रहरीले जान नदिएकाले मुख्य कार्यालय बन्द हुँदा देशभरको कारोबार प्रभावित भएको दाहालको भनाइ छ ।  

‘यस्तो बेलामा बैंक खोल्न हामीलाई रहर होइन, सरकारले अत्यावश्यक सेवाभित्र राखेकाले गर्दा सरकारकै सहमतिमा खोल्न लागेको तर बाटोमै कर्मचारीलाई दुःख दिएपछि बैंक खोल्न सक्ने अवस्था रहेन’   दाहालले भन्नुभयो ।


 

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Roshan Maharjan

    Aug. 20, 2020, 7:45 p.m.

    प्रहरीले त्यस्तो अपमान गर्नुभन्दा पनि पहिला के को लागि हो ? के परेर होला ? भनेर राम्ररी सोध्नु पर्ने जस्तो लाग्छ /

  •  0 Reply
  • Ramesh Prasad Bhattarai

    Aug. 20, 2020, 1:44 p.m.

    प्रहरीको तल्लो निकायमा जागिर खाने अधिकांश हलो जोत्दा जोत्दै गोरुलाई मेलामा छाडेर भर्ना भएका जस्ता लाग्छन्।त्यस्ताले कर्फुमा सरकारले कुन सेवाका कर्मचारीहरुलाई आवत-जावतमा छुट दिएको छ भन्ने के बुझुन? मात्र निषेध छ,हिंडडुल गर्ननेलाई रोक्नु पर्छ भनेर बुझेको हुँदा यस्तो हुन गएको हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया