एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

 भदौ १९, २०७७ शुक्रबार ७:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।

 कम्पनीले आफ्नो अहिले सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका ननस्टप अफरहरु बिहीबार (भदौ १८ ) देखि सञ्चालनमा आएका छन् ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको बताइएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सञ्चालन गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप मजा लिन जनाइएको छ।

यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने भएका छन् । युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । 

त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समयसीमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र १५० रुपैयाँ (करसहित रु १९१.५४०) मा सञ्चालन गर्न सक्नेछन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्युब प्याक ३६० (करसहित ४५९.६८० )रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया