काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उहाँले आग्रह गर्नुभएको हो ।
बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष, गभर्नर, लगानी बाेर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद पनि दिनुभएको थियो ।
‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, खतिवडाको भनाइ उधृत गर्दै एक सहसचिवले उज्यालोसँग भने ।
राष्ट्रिय सभा सदस्यमा नेकपाले खतिवडाको नाम नदोहाेर्याउने र वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको पदावधि भोलि शनिबार सकिँदैछ । भोलि शनिबार भएकाले खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दामोदर गौतम
Sept. 5, 2020, 8:44 a.m.अर्थमन्त्री ज्यु हजुर कार्यभारको सबै भन्दा राम्रो काम भनेको हजुरको राजिनामा त हो नि अरु केही छ भने भन्नुस