काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको छ ।
हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको साझेदारीका लागि अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि ८० प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था गरेको हो । तर नेपाली लगानीकर्ताहरुले अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि आवश्यकताअनुसार कुल लगानीको ८० प्रतिशत नबढ्ने गरी लगानी भित्र्याउन सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी आन्तरिक वायु सेवाका लागि ४९ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सकिने छ । फ्लाइङ स्कुलका लागि ९० प्रतिशतसम्म, मर्मत सम्भार संस्थाले ९६ प्रतिशतसम्म र यात्रु सेवा सुविधा प्रदायक व्यवसायमा ७५ प्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने गरी हवाई नीजिको मस्यौदा तयार भएको पूर्वसचिव एवं हवाई नीति मस्यौदा समितिका संयोजक यज्ञप्रसाद गौतमले बताउनुभयो ।
सञ्चालकहरुले पाँच वर्षभन्दा कम उमेरका वायु यान आयात गरेमा भन्सार महसुल तथा लिज करमा सहुलियत दिने र त्यस्ता वायु यानको निरन्तर सञ्चालनका क्रममा पहिलो तीन वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।
फ्लाइङ स्कुल सञ्चालनमा आएको अवधिदेखि पहिलो पाँच वर्षसम्म आयकरमा छुट दिने र इन्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको वायु यान मर्मर सम्भार संस्थाको लागि १० वर्षसम्म आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने र सञ्चालनमा आएको मितिले पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने पछिल्लो पाँच वर्षमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।
यस्तै रोजगारमूलक नागरिक उड्डयनका क्षेत्रमा काम गर्न दुई अर्ब रुपैयाँको लगानी गर्ने व्यक्ति वा संस्थालाई पाँच वर्षसम्म आयकरमा पूर्ण छुट दिनसक्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मात्रै विमान किनेर वायु सेवा कम्पनी सञ्चालन गर्न नपाउने गरी नीति बनाइएको छ । वायु सेवा कम्पनी सञ्चालनका लागि कम्तीमा तीन वटा विमान नियमित सञ्चालनमा रहेको हुनुपर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।