अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको एक सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हाे ।
समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गर्नुभएको छ ।
रिलायन्स लाइफले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्नलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम गर्न सनराइज क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारकाे रुपमा नियुक्त गरेको छ ।
बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीमध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।