चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु–पुडुचेरीको तटमा बज्रने
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – विश्व बैंकले पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ ।
नेपालको रोजगारीसँग सम्बन्धित एक रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कृषि क्षेत्रमा युवाको आकर्षण र साना तथा मझौला व्यवसायमा भएको वृद्धिका कारण ४० लाख रोजगारी सिर्जना भएको जनाएको हो । अस्थायी प्रकृतिका रोजगारी र महिला उद्यम निकै बढेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
निर्माण क्षेत्रमा भइरहेको विस्तार र युवाहरु नवप्रवर्तनका व्यवसायमा आकर्षित हुँदा पनि रोजगारी बढेको रिपोर्टले जनाएको छ । सन् २००८ मा नियमित तलब पाउने जागिरे १७ प्रतिशत रहेकोमा सन् २०१८ मा बढेर २४ प्रतिशत पुगेको विश्व बैंकले जनाएको छ ।
नेपालमा व्यवसाय सञ्चालनको वातावरण बढ्दै गएकाले साना तथा मझौला र नवप्रवर्तनका व्यवसाय बढ्ने पनि विश्व बैंकको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।