दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने

 असोज २१, २०७७ बुधबार ८:३६:४० | उषा तामाङ
unn.prixa.net

दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएको हो । 

असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिनुभयो । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाइ छ । 

असोज महिना यता भने जिल्लाका अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाइन कक्षा सञ्चालन गरेको छ । अनलाइन कक्षा लिने विद्यार्थीले भने मासिक शुल्क तिर्नुपर्नेछ । 

विद्यार्थी र अभिभावकको समस्यालाई बुझ्दै ५ महिनाको शुल्क नलिने निर्णय गरेको अल्पाइन पब्लिक स्कुलका प्रधानाध्यापक उद्धव थापाले जानकारी दिनुभयो । अल्पाइनले कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेको र सो कक्षा लिने विद्यार्थीलाई मासिक शुल्कमा ३० प्रतिशत छुट दिएको थापाको भनाइ छ । 

यस अघि लकडाउनका समयमा बन्द रहेका निजी विद्यालयले शुल्क लिन सक्ने भन्दै अभिभावक चिन्तित बनेका थिए । प्याब्सनको अगुवाइमा गरिएको यो निर्णयले अभिभावकले प्रत्यक्ष लाभ लिएका छन् । 
दोलखा जिल्लाको विभिन्न स्थानमा ३३ वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया