नेप्से २२ अङ्कभन्दा धेरैले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार

 पुष २, २०७७ बिहीबार १७:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से बिहीबार २२ दशमलव ७ अङ्कले घटेको छ । बुधबार ६ अङ्कभन्दा धेरैले घटेको परिसूचक बिहीबार पनि घटेर २ हजार ३२ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार माइक्रो–फाइनान्सबाहेक सबै समूहको सूचक घटेकाे छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २७४ दशमलव २७ अङ्कले घटेको छ ।

बिहीबार ६ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरकाे १४ करोड ११ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ ।

कारोबार मापक सूचक घटे पनि बिहीबार माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । नारायणी डेभलपमेन्ट विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ७ दशमलव ५१ प्रतिशत गुमाएका छन् ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया