गृहमन्त्री थापा ओली समूहतिर लागेपछि राजनीतिक सल्लाहकारले साथ छाडे

 पुष ९, २०७७ बिहीबार १५:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादल केपी शर्मा ओली समूहतिर लागेपछि उहाँका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले उहाँको साथ छाड्नुभएको छ ।

यसअघि दुवै समूहमा सहभागी नहुनुभएका थापा बिहीबार (आज) को ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएलगत्तै थापाका राजनीतिक सल्लाहकार सुवेदीले आफू सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकामा नरहेको जानकारी गराउनुभएको हो ।

उहाँले राजनीतिक र नैतिक दृष्टिले पनि आफूले गृहमन्त्री थापाको साथ छाडेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया