अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ ।
अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सीईबीआर)ले सार्वजनिक गरेको प्रतिवेदनमा चीन अमेरिका र युरोपका देशहरु भन्दा अर्थतन्त्रमा माथि उठ्ने उल्लेख छ ।
कोरोना महामारीले अमेरिका र युरोपमा प्रभाव पारेको तर चीनले व्यवस्थापन गर्न सफल रहेकाले आर्थिक रुपमा बलियो बनाएको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्छ ।
सन् २०२० मा चीनले दुई प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्न सक्ने पनि अनुमान छ । गएको वर्ष चीनमा पहिलो पटक कोरोना भाइरस फेला परेको थियो । कोरोना भाइरसको सङक्रमणका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।