कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ४० अङ्कले घटेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ९८ अङ्कले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा झरेको हो ।
आइतबार जीवन बीमा समूहको शेयर ५ सय १९ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ३८, होटलको ९३, उत्पादनको ४६, माइक्रो फाइनान्सको ४२, बैंककाे २३, जलविद्युतको ३० र अन्य समूहको शेयर ४३ अङ्कले घटेको छ ।
आइतबार २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि नारायणी विकास बैङ्कका लगानीकर्ताले झण्डै ९ प्रतिशत कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।