कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले नेपाल पूर्वाधार बैंकलाई प्रारम्भिक शेयर निष्कासन (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।
आठ अर्ब रुपैयाँको आठ करोड कित्ता शेयर निष्कासनको लागि बोर्डले पूर्वाधार बैंकलाई अनुमति दिएको छ । यो आईपीओ नेपालमा अहिलेसम्मकै ठूलो हो ।
मङ्सिर ३ गते बसेको बैंकको साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई छनोट गर्ने विषय पारित गरेको थियो । पूर्वाधार बैंकको आईपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ ।
पूर्वाधार बैंकको आईपीओ भर्ने सबैले शेयर पाउने पक्का छ । १० कित्ता शेयर नीतिअनुसार अहिले आईपीओ वितरण हुने गरेको छ । बैंकको आठ करोड कित्ता शेयर १० कित्ताका दरले ८८ लाख जनाले पाउने सम्भावना रहन्छ । तर बढीमा १२ लाख जनाले आवेदन दिने हुँदा पूर्वाधार बैङ्कको शेयर भर्ने जति सबैलाई पर्नेछ । धेरैले १० कित्ताभन्दा धेरै पाउने सम्भावना पनि रहेको छ ।
पुसको अन्तिम हप्तासम्म आईपीओ खुलाउने तयारी रहेको बैंकका सूचना अधिकारी सुवर्णकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो । ‘धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ, अब कम्पनी रजिस्ट्रारको कार्यालय र राष्ट्र बैंकबाट पूरा गर्नुपर्ने केही प्रक्रिया पूरा गरेपछि आईपीओ निष्कासन हुन्छ, सम्भवतः पुसको अन्तिम हप्तामा खुला हुन सक्छ’, सिंहले भन्नुभयो ।
सरकारको समेत लगानी रहेको पूर्वाधार बैंकको अहिले १२ अर्ब चुक्ता पुँजी रहेको छ, शेयर निष्कासनपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकले पूर्वाधारका विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shiv dev yadav
Dec. 29, 2020, 8:46 a.m.This is really a good news for everyone who wants to invest or buy share.