अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
डब्ल्यूएचओकाे टोलीले कोरोना भाइरससँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने जनाइएकाे छ । यद्यपि चीनको राष्ट्रिय स्वास्थ्य विभागले यसबारे थप कुनै जानकारी सार्वजनिक गरेको छैन ।
विभागले अध्ययनका लागि डब्ल्यूचओको टोली वुहान जानेबारे छलफल भइरहेको मात्रै जनाएको छ । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरिरहेको छ ।
यसअघि गएको हप्ता कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो । वुहानमा जनवरी महिनाको सुरुवातमा नै टिम पठाउने तयारी गरे पनि चीनले अनुमति नदिँदा ढिलाइ भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसले बताएका छन् ।
सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।