नेपाललाई 'स्पुतनिक–भी' खोप उपलब्ध गराउन रुस इच्छुक

 पुष २९, २०७७ बुधबार १०:१३:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।

यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ । रुसले स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ । खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने रुसले जनाएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gyan sah

    Jan. 13, 2021, 11:53 a.m.

    I think nepal should Pfizer as it is prescribed BY WHO.

  •  0 Reply

तपाईको प्रतिक्रिया