अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।
स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँकाे आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको खबरमा उल्लेख छ ।
यस अघि शुक्रबार इन्डोनेशियाको सुलावेसी प्रान्तमा गएको भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । अझै पनि खोजी कार्य भइरहेको छ । भूकम्पबाट सयौं घाइते र हजारौं विस्थापित भएका बीबीसीले जनाएको छ । अघिल्लो हप्ता ६२ जना बोकेको इन्डोनेसियाको एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कसैको पनि जीवित उद्धार भएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।