अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना भाइरसकाे महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएकाे छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनकाे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको व्यवस्थाका कारण अर्थव्यवस्थामा सकारात्मक प्रभाव परेको बीबीसीले जनाएको छ ।
गएको वर्षको अन्तिम त्रैमासिकमा चीनको जीडीपी ६ दशमलव ५ प्रतिशतले बढेको थियो भने तेस्रो त्रैमासिकमा ४ दशमलव ९ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको जोखिम अहिले पनि उत्तिकै रहेकाले केही कलकारखाना तथा विकास निर्माणका काम ढिलो गतिमा भइरहेको बताइएकाे छ ।
कोरोना भाइरसकाे महामारीका कारण विश्वका धेरै देशकाे अर्थतन्त्र खस्किएकाे अवस्थामा भाइरसकाे उद्गमस्थल मानिँदै आएको चीनको अर्थतन्त्र भने सुधारतर्फ गएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।