ओलीमा राजा बन्ने रहर जाग्दा देश अप्ठ्यारोमा पर्‍याे : प्रचण्ड

 माघ १५, २०७७ बिहीबार १९:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा बन्ने रहर जाग्दा देश अप्ठ्यारोमा परेको बताउनुभएको छ । 

रुपन्देहीको बुटवलमा भएको आमसभामा प्रचण्डले नेपालमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र हटेको अवस्थामा प्रधानमन्त्री ओलीलाई फेरि श्रीपेच लगाउने रहर जागेकैले संविधान मिचेको आरोप लगाउनुभयो । ओलीमा शक्तिको दम्भ चढेको र अबको केही महिनामा त्यो अन्त्य हुने प्रचण्डको दाबी छ । 

आलोपालो प्रधानमन्त्री बन्ने सहमति आफूले त्याग्दा त्यसैलाई कमजोरी ठानेर ओलीले मनलाग्दी गरेको प्रचण्डले बताउनुभयो । 

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि साँचो नबोलेको र जालझेल मात्रै गर्न जानेको आरोप लगाउनुभयो । नेपालमा गणतन्त्र ल्याउने आन्दोलनलाई खिसिट्युरी गरेका ओलीले अहिले गणतन्त्रलाई नै धरापमा पार्ने काम गरेको नेता नेपालको भनाइ छ । 

निर्वाचन आयोगले पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिएको र बहुमत आफ्नो पक्षमा रहेको माधवकुमार नेपालको जिकिर छ ।   

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया