काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
नबिल बैंक लिमिटेडले काठमाण्डाैकाे कुलेश्वरमा रहेकाे थोक फलफूल बिक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग सबैभन्दा उत्तम रहेको बताउनुभयो । पैसाको माध्यमबाट कोभिड–१९ सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले पनि अहिलेको अवस्थामा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्नु सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।
गभर्नर अधिकारीले आफू पैसामा हस्ताक्षर गर्ने व्यक्ति भए पनि आफूले हस्ताक्षर गरेको नोटको प्रयोग कम भए हुन्थ्यो जस्तो लागेको बताउनुभयो । नगदको प्रयोग कम हुँदा देश, बैंक, व्यवसायी र सर्वसाधारण सबैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । यस्तै नगदको प्रयोग सकेसम्म कम गरेर दैनिक कारोबार गरि आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन सकिने पनि गभर्नर अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले कोभिडको समयमा मात्रै नभइ सधैँका लागि नगदरहित समाज निर्माण गर्नुपर्ने बताउनुभयो । प्रत्येक फलफूल पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने अभियान सञ्चालन गरेमा नगदरहित समाज निर्माण गर्न सकिने पनि उहाँको भनाइ छ ।
सर्वसाधारण नागरिकले कारोबार गर्ने हरेक पसलमा क्यूआर कोडको प्रयोग गरि नगदरहित कारोबारसम्बन्धी शिक्षा दिन सकिने सीईओ शाहले बताउनुभयो ।
साइकलमा फलफूल बिक्री गर्दै हिँड्ने महमद सुल्तान मियाँले क्यूआर कोडबाट भुक्तानी हुने व्यवस्था भएपछि सहज भएको बताउनुभयो । साइकलमा फलफूल राखेर गोजिभरि खुद्रा पैसा बोकेर हिँडनु नपर्ने र पैसा हराउने तथा चोरी हुने डर पनि नहुने उहाँले बताउनुभयो ।
क्यूआर कोडबाट भएको भुक्तानीको मोबाइलमा म्यासेज आउने भएकाले ग्राहकले कोड स्क्यान गरेपछि खातामा पैसा आएकाे/नआएको तत्काल थाहा हुने भएकाले ढुक्क भएर कारोबार गर्न सकिने मियाँले बताउनुभयो । साइकलमा फलफूल तथा तरकारी बिक्री गर्दै हिँड्ने व्यापारीले पनि क्यूआर कोडको प्रयोग गर्न थालेपछि राष्ट्र बैंकका अधिकारीहरू र बैंकर्सहरू खुसी देखिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।