भारतले बाटो खन्दा महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु

 माघ २१, २०७७ बुधबार ८:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

काठमाण्डाै – बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेकाे जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ । टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया