भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार ९२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर उकालो लागेपछि नेप्से ९२ दशमलव ४२ अङ्कले बढेर २५ सय ८६ दशमलव शून्य एक अङ्कमा पुगेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कुनै पनि नीतिमा परिवर्तन नगरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । साेमवार बैंकिङ समूहको शेयर ५७ अङ्कले, व्यापार समूहको ७१ अङ्कले, होटलको २४ अङ्कले, जलविद्युतको ६४, फाइनान्सको ३४, निर्जीवन बीमाको चार सय ४७, उत्पादनको एक सय ५९, अन्यको ६२, माइक्रोफाइनान्सको तीन सय ८० र जीवन बीमा कम्पनीको शेयर ६ सय ९७ अङ्कले बढेको छ ।
साेमवार दुई सय पाँच कम्पनीका दुई करोड २४ लाख ४७ हजार कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँभन्दा धेरेको शेयर कारोबार भएको छ ।
साेमवार ११ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । समग्र बजारमा उछाल आए पनि पञ्चकन्यामाई हाइड्रोका शेयरधनीले चार प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।