धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले साेमवार सिंहदरबारमा सरकारले गरेका तीन वर्षका उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । अरू बेला प्रधानमन्त्रीको कार्यक्रम हुने हल तथा सभा–सम्मेलनमा ठूलै तामझाम र बाक्लै उपस्थिति हुने गरेको थियो । उहाँका भाषण र भाषणसँगै थप्ने उखान–टुक्काले कार्यक्रममा उपस्थित हुनेहरूलाई निक्कै उत्साह जगाउने गरेको थियो । उत्साहसँगै बीच–बीचमा पररर ताली बज्थे । हलभरि हाँसोको फोहरा छुट्थ्यो । तर आज सिंहदरबारमा भएको कार्यक्रममा बेग्लै वातावरण देखियो ।
हुन त प्रधानमन्त्री ओली आफै झण्डै दश महिनापछि साेमवार सिंहदरबार पुग्नुभएको हो । अहिले रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभन्दा केही अगाडि दक्षिण पश्चिमतर्फ भूकम्पभन्दा अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगजस्ता महत्त्वपूर्ण सरकारी निकाय रहेको प्रमुख प्रशासनिक भवन रहेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरण गरेको भवनको प्रधानमन्त्रीले सरकारको गठनको तीन वर्ष पुगेको अवसरमा उद्घाटन गर्नुभयो । भवन उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फेरि यही भवनमा सरेको छ । भवनको मुख्य द्वारमा प्रधानमन्त्री रिबन काटेर भित्र छिर्नुभयो । तर रिबन काट्ने बेलामा समेत ताली बजेन ।
प्रबलीकरण गरिएको मुख्य प्रशासनिक भवनको प्राङ्गणमा सरकारले तीन वर्षमा गरेका कामको ब्रिफिङ सुरु भयो । उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिव तथा सरकारी कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
सुरुमा सम्बाेधन र लगत्तै ‘मेरो नेतृत्वमा सरकार गठन भएको आजदेखि एक हजार ९३ दिन अर्थात् तीन वर्ष पूरा भएको छ’ भन्दै बिफिङ सुरु गर्नुभयो । प्रेस ब्रिफिङमा उहाँले प्रतिनिधि सभा विघटन किन गर्नुपर्याे भन्नेबारे चर्चा गर्नुभयो ।
संविधान र सङ्घीयता, आर्थिक अवस्था, पुनर्निर्माण, पूर्वाधार विकास, कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कामसहित मुख्य १६ विषयलाई ७४ बुँदामा समेटिएको थियो । झण्डै ४४ पेज लामो ब्रिफिङ प्रधानमन्त्रीले पढेरै सुनाउनुभयो । तर यो बीचमा एक पटक पनि ताली बजेको सुनिएन ।
अन्त्यमा उहाँले देशलाई शिरमा राखेर साना र सङ्कीर्ण स्वार्थमा होइन राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । सरकारले गरेका तीन वर्षको ब्रिफिङ सकियो अनि मात्रै समापनको ताली बज्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लक्ष्मण पाैडेल
Feb. 15, 2021, 7:52 p.m.प्रधानमन्त्री वल्ल १० महिनाकाे अन्तरालमा आफ्नो कार्यकक्षकाे नजिक पुग्नु भएछ। १० महिना सम्म पार्टी र व्यक्तिगत काममा मात्रै हुनुहुन्थ्यो भन्ने लागेकाे हाे, देशले काराेनाकाे कारण विषम परिस्थिति भाेगेकाे र नागरिक दुखकासाथ कार्यथलाेमा काम छाेड्नु परेर जन्मस्थल जादा उहाँ पार्टी फुटाउने खेलमा लागेकाे त्यहाँ उपस्थित प्रशासकले भुलेका रहेनछ । किन ताली वजाउने, के काे लागि ताली, काेही खुसी छैनन, उहाँको कामबाट, जवरजस्ति मान्नु परेकाे छ। उपस्थित भई आफ्नो प्रगतिको फेहरिस्त सुनाउने काम गर्नु भएकोमा धन्यवाद भन्नू पर्छ।