एनसेल एपकाे नयाँ संस्करण : थप आकर्षक सुविधाहरू

 फागुन १०, २०७७ सोमबार २०:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । 

नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डाटा निःशुल्क प्रदान गर्ने जनाएकाे छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनर्कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएकाे छ । 

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डाटा प्याक तत्कालै सुरु लगायत अरू कार्य गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरूको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डाटा र भ्वाइस प्याकहरू लिन सक्ने कम्पनीले जनाएकाे छ । 

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङलगायतका कार्य गर्न सक्छन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ । 

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफै स्वतःस्फूर्त रूपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको र विना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरू सुरु गर्न सक्ने कम्पनीले जनाएकाे छ ।  
 
ग्राहक जहाँ भए पनि छिटो छरितो ग्राहक सेवाका लागि यो एप निकै सहयोगी हुने कम्पनीले विश्वास लिएको छ । एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गइ नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया