इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मूल्यवृद्धिले जनतालाई असर गर्ने कुरो अन्य देशमा कसरी बेहोरेको छ, त्यसको अध्ययन गर्न जरुरी भएकाे बताउनुभएकाे छ ।
शनिबार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न तथा घटाउन आफूले कहिँ पनि हस्तक्षेप नगरेको भन्दै अन्य देशको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको बताउनुभयाे ।
‘जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य देशहरुमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ' उहाँले भन्नुभयाे, 'यसलाई अटोमेशनमा लैजाने भन्ने, फेरि मूल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँ पनि त्यो हस्तक्षेप गरेको छैन ।’
भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ । मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनाश चाहाने प्रवृति आफूहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।
यस्तै मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मानुशासन हो कि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।
कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उहाँले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।