संसद्को पहिलो बैठक नै सुखद भएन, धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री ओली

 फागुन २४, २०७७ सोमबार १४:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार (हिजो) अमर्यादित गतिविधि भएको दाबी गर्नुभयो ।

सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाउनुभयो । उहाँले अध्यादेश फेल गराउन पनि चुनौती दिनुभएको छ ।

यसैबीच ओलीले सर्वोच्च अदालतले आइतवार कसकाे पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताउनुभएको छ ।

आइतवार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो ? भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतवार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोध्नुभएको छ  ।

सर्वोच्चले आइतवार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र बिउँताइदिएको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया