अध्यादेश फेल गर्ने आँट कसैकाे छ ? : प्रधानमन्त्री ओली

 फागुन २४, २०७७ सोमबार १७:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा सांसदहरूले संसदीय मूल्य, मान्यता र मर्यादा विपरीत क्रियाकलाप गरेको आरोप लगाउनुभयो । मुद्दा लडेर संसद् पुनर्स्थापना गराएर संसदमा धामी नाच देखाएको आरोप प्रधानमन्त्रीको छ । उहाँले भन्नुभयो,  ‘छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषा जस्तै बोलौँ, छलफल गरौँ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रूपमा पार्लियामेण्ट सुरु भएको छ , गुरुरुरु कुदेर आएर बेलमा आएर नारा लगाएका छन्, कराएका छन् । के बिग्रियो भन्दाखेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेस गर्‍यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन, मन पनि छैन । त्यसकारण बेल घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।’

पुनर्स्थापित संसद्लाई देश र नागरिकका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘लडाइँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद् पुनर्स्थापना किन गर्‍या रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।’

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया