‘म कुन पार्टीकाे रे ! सर्वाेच्चमा साेध्न जानुस्’

 फागुन २४, २०७७ सोमबार १८:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफू कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै उहाँले आफूलाई कुन पार्टीको हो ? भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभएकाे छ ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘हिजो मैले बोलिनँ । प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब  मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईँ कुन पार्टीको हो ? भनेर । उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर । लक्ष्मीप्रसाद देवकोटोले भनेजस्तो दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले भएर के भनेजस्तै देख्नै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्नु सुन्नै नसक्ने । जन्मदैको दोष पनि होइन । कुनै रोगविमारको दोष पनि होइन । सुनिराखेको छ तर पनि सुन्दैन । देखिराखेको छ तर पनि देख्दैन । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।’

देशमा स्थायित्व काम गर्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेर चुनावमा गएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भए पनि ‘दूरदिन’ सुरु भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया