अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिका, बेलायत, जापान, अस्ट्रेलियालगायत एक दर्जन देशले संयुक्त विज्ञप्ति निकालेर म्यानमारमा भएको हिंसाको विरोध गरेका छन् । दुर्लभ मानिने संयुक्त विज्ञप्तिमा उनीहरूले व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय मापदण्डको पालनाका साथै आफ्ना नागरिकको सुरक्षा गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी १ अर्थात् माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा सुरु भएको प्रदर्शनमा शनिवार (हिजो) एकैदिन एक सयभन्दा धेरै सहित चार सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ । शनिवार सेनाले जथाभाबी गोली चलाएर हिंसा मच्चाएको भन्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू स्तब्ध भएको बताउनुभएको छ ।
यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा शनिवार भएको हिंसाले अमेरिका 'मर्माहत' भएको भन्दै सैन्य शासकहरूले केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पारिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएकाे छ, ‘शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ ।’
म्यानमारमा हिजो भएको हिंसामा एक सय १४ जनाको ज्यान गएको र कैयौँ घाइते भएका सीएनएनले जनाएको छ ।
गएकाे जनवरी १ मा म्यानमारकाे सेनाले आङ सान सुकीलगायत नेतालाई पक्राउ गर्दै सत्ता हातमा लिएकाे घाेषणा गरेकाे थियाे ।
चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।
स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले चुनावका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।
प्रजातन्त्रवादी आन्दोलनकारीले सुकीसहित अन्य नेताको रिहाइको माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।