अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – विश्व स्वास्थ्य संगठनले चिनियाँ ल्याबबाट नै कोरोना भाइरस फैलिएको हाे भन्ने निष्कर्षमा पुग्न थप अनुसन्धानको आवश्यकता भएको जनाएको छ ।
‘कोभिड १९ चिनियाँ प्रयोगशालाबाट निस्केको भाइरस नै हो भनेर भन्न अझै थप अध्ययनको जरुरी छ’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले भन्नुभयो, ‘चिनियाँ प्रयोगशालावाला सिद्धान्त साँचो हुने सम्भावना सबैभन्दा कम छ ।’
चीनले निरन्तर रुपमै आफ्नो प्रयोगशालाबाट कोरोनाको भाइरस फैलिएको भन्ने आरोपलाई गलत ठहराउँदै आएको बीबीसीले जनाएकाे छ । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा कोरोना भाइरस संक्रमणको पहिलो घटनाको आधिकारिक पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोलीले १४ जनवरी देखि १० फेब्रुअरीसम्म चीनको वुहान शहरमा गएर कोरोना भाइरसको अनुसन्धान गरेको थियो । त्यही टिमले मंगलबार एक रिपोर्ट जारी गर्दै चीनको तर्फबाट विशेषज्ञको टोलीलाई आवश्यक तथ्यांक नमिलेको उल्लेख गरेको छ ।
विशेषज्ञ टोलीका अनुसार कोरोना भाइरस चमेरोबाट मान्छेमा सरेको हुनसक्ने सम्भावना धेरै छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले चिनियाँ प्रयोगशालाबाट भाइरस फैलिएको कुरालाई सिधै नकारेका छैनन् । तर त्यही हो भनेर एकिन गर्नको लागि थप अनुसन्धानको आवश्यकता पर्ने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको याे भनाइमा चीनले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।