सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका चुडाल र सुवेदीको सुनुवाइ चैत २५ गते

 चैत १९, २०७७ बिहीबार १६:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । 

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको चैत ४ गतेको बैठकको निर्णयअनुसार न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई त्यस पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिनभित्र उजुरी दिन सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गरेको थियो । यस अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । 

समितिको बिहीवारको बैठकले ती उजुरीहरू खोली समिति सदस्यहरूलाई वितरण गरेको छ । यस्तै प्रस्तावित न्यायाधीशहरूबाट प्राप्त कार्ययोजनाको प्रतिलिपिसमेत समिति सदस्यहरूलाई वितरण गरेको छ । बैठकले यही चैत २२ गते उजुरीकर्तालाई बोलाइ छलफल गर्ने र चैत २५ गते प्रस्तावित न्यायाधीशहरूलाई बोलाइ सुनुवाइ गर्ने निर्णयसमेत गरेको छ । 

न्याय परिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति सर्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया