म्यानमारमा सैन्य सरकारले गरेको अत्याचारको भत्सर्ना गर्न कांग्रेसद्वारा सरकारसँग माग

 चैत २१, २०७७ शनिबार १५:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले म्यानमारमा सैनिक कू विरुद्ध भैरहेको प्रदर्शनको समर्थन र सैनिक कू को भतसर्ना गर्न सरकारसँग माग गरेको छ ।

हिजो बेलुकी सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले लोकतन्त्र, स्वतन्त्रता र नागरिकको अधिकार रक्षाका लागि म्यानमारमा भइरहेको आन्दोलनको पक्षमा दृढतापूर्वक समर्थन गर्न सरकारसँग अपिल गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सैन्य कू को विरोध गर्दै म्यानमारमा भैरहेको प्रदर्शनको समर्थन गरिसकेको कांग्रेसले नेपालका राजनीतिक दलहरू, संयुक्त राष्ट्र संघ, मानव अधिकारवादी अन्तर्राष्ट्रिय संघ–संगठनहरुलाई पनि म्यानमारको लोकतन्त्रका पक्षमा उभिन आग्रह गरेको छ ।  

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया