म्यानमारमा थप चार जना प्रदर्शनकारीको ज्यान गयो

 चैत २१, २०७७ शनिबार १८:२५:१२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – म्यानमारमा आज पनि सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएको छ ।

सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ । गएको माघ १९ गते सेनाले म्यानमारको सत्ता हातमा लिएपछि भएका प्रदर्शनहरुमा मारिनेको सङ्ख्या पाँच सय ५० नाघेको छ ।

दैनिक प्रदर्शनमा मारिने क्रम चलिरहे पनि प्रदर्शन रोकिएको छैन भने सुरक्षाकर्मीले बल प्रयोग गर्न पनि कम गरेको छैन । म्यानमारमा लोकतन्त्र पुनर्वाहलीको लागी संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, भारत लगायत विश्वका धेरै धेरैजसो देशहरुले आव्हान गरिरहेका छन् । तर म्यानमारको सेनाले भने अवस्था सामान्य बनाउने कुनै पहल नगरेको रोयटर्सले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया