अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीनको राजधानी बेइजिङ संसारकै धेरै अर्बपति बस्ने सहर बनेको छ । फोर्ब्स पत्रिकाको नयाँ रिपोर्टअनुसार अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।
गएको वर्ष बेइजिङमा ३३ जना अर्बपति थपिएर एक सय जना पुगेका छन् । न्युयोर्कमा भने ९९ जना अर्बपति रहेको फोर्ब्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यस्तै कुल अर्बपतिको सङ्ख्यामा पनि चीनले अमेरिकालाई पछ्याइरहेको छ । अहिले अमेरिकामा सात सय २४ जना अर्बपति रहेका छन् भने चीनमा ६ सय ९८ जना रहेका छन् ।
भारत भने अर्बपतिकाे सूचीमा तेस्राे स्थानमा छ । भारतमा एक सय ४० अर्बपति छन् ।
कोरोना महामारीका बाबजुद पनि चीनको अर्थतन्त्र लयमा फर्किएको, प्रविधिसँग सम्बन्धित कम्पनी र शेयर बजारसमेत अघि बढेपछि अर्बपतिको सङ्ख्या पनि थपिएको हो ।
गएकाे वर्ष चार सय ९३ जना नयँ व्यक्ति अर्बपतिकाे सूचीमा समावेश भएका हुन् । फोर्ब्सका अनुसार विश्वमा हरेक १७ घण्टामा एक नयाँ व्यक्ति अर्बपतिको सूचीमा थपिने गरेका छन् ।
एमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत जेफ बेजाेस लगातार चार वर्ष विश्वकाे सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएकाे वर्षमा उनकाे सम्पत्ति ६४ अर्ब डलरबाट बढेर एक सय ७७ अर्ब डलर भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।