कोरोना नियन्त्रण मापदण्ड उल्लङ्घन गर्दा नर्वेकी प्रधानमन्त्रीले तिर्नुपर्‍याे जरिवाना

 चैत २८, २०७७ शनिबार १३:४७:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेको भन्दै नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ ।

कोरोना भाइरस नियन्त्रणको मापदण्ड अन्तर्गत सामाजिक दुरी कायम नगरेको र आफ्नो जन्मदिनमा पारिवारिक भेला गरेको भन्दै उहाँलाई जरिवाना तिराइएको पत्रिका ‘द गार्जियन’ले जनाएको छ । प्रधानमन्त्री सलबर्गलाई २० हजार क्रोनर अर्थात् दुई लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना तिराइएको हो । 

नर्वेको सरकारले १० जनाभन्दा बढी मानिस भेला गर्न बन्देज गरेको अवस्थामा फेब्रुअरीको अन्तिममा उहाँले आफ्नो ६० औं जन्मदिनको उपलक्षमा १३ जना आफन्तलाई बोलाएर पार्टी गर्नुभएको थियो । त्यसपछि चौतर्फी विरोध भएपछि आफूले पार्टी गरेकोमा उहाँले पटक पटक माफी पनि माग्नुभएको छ । 

हिजो शुक्रबार उहाँले प्रहरीले तोकेअनुसार जरिवाना तिर्न आफू तयार भएको बताउनुभएको हो । 

‘म अँझै पनि आफूले कोरोना भाइरस नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेकोमा माफी चाहन्छु’, उहाँले भन्नुभयो, ‘म जरिवाना तिर्न तयार छु ।’
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया