अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्याली स्थगित गर्नुभएको छ । काेभिड–१९ (कोरोना भाइरस) को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरेर आफूले सबै चुनावी र्याली स्थगित गरेको र यसबारे अरू पार्टीका नेताहररूलाई पनि सोच्न आग्रह गान्धीले गर्नुभएको छ ।
विपक्षी नेता गान्धीले ट्विटरमा लेख्नुभएकाे छ, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै र्याली रद्द गरेको छु । म अरू पार्टीका नेताहरूलाई पनि यस्ताे अवस्थामा हुने र्यालीका कारण निम्तिन सक्ने अवस्थाप्रति गम्भीर बन्न अपिल गर्छु ।’
— Rahul Gandhi (@RahulGandhi) April 18, 2021
पश्चिम बङ्गाल विधानसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ । अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरूले दैनिकजसो चुनावी सभा तथा र्याली गर्दै आएका छन् ।
शनिवार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा त्यस राज्यको भ्रमण गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।