अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी अन्तरिक्ष संस्था नासा मङ्गल ग्रहमा एक सानाे हेलिकप्टर उडाउन सफल भएकाे छ ।
इन्ज्युनिटी नामकाे याे ड्राेन हावामा एक मिनेटभन्दा कम समयका लागि रहेकाे थियाे तर नासाले यसलाई निकै ठूलाे उपलब्धि मानेकाे छ । पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो पटक भएकाले नासाले यसलाई ठूलाे उपलब्धि मानेकाे हाे ।
मङ्गल ग्रहकाे एक उपग्रहकाे माध्यमबाट हेलिकप्टरकाे डाटा पृथ्वीमा पठाएपछि यसकाे पुष्टि भएकाे हाे ।
नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न मिल्ने विश्वास व्यक्त गरेकाे छ । नासाका अनुसार प्रविधिकाे सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामाे उडान भर्न निर्देशन दिइनेछ ।
अमेरिकाकाे पासाडेनामा नासाकाे जेट प्राेपल्शन लेबाेरेटरीमा इन्ज्युनिटीकी प्राेजेक्ट म्यानेजर मिमि युङले भन्नुभएकाे छ, ‘अब हामी मानिसले कुनै दाेस्राे ग्रहमा एक राेटरक्राफ्ट उडाएकाे भन्न सक्छाैँ ।’
— NASA (@NASA) April 19, 2021
मङ्गल ग्रहमा हावामा उडान निकै कठिन छ । त्यहाँकाे वायुमण्डल निकै पातलाे छ, जुन पृथ्वीकाे वायुमण्डलकाे मात्र एक प्रतिशत हाे ।
लिफ्ट पाउनका लागि राेटरक्राफ्टकाे ब्लेडले निकै जाेर लगाउनु पर्छ ।
यही कारण इन्ज्युनिटीलाई निकै हलुका बनाएर त्यसकाे ब्ल्डलाई २५ सय चक्कर प्रति मिनेटभन्दा धेरै घुम्ने शक्ति दिइयाे ।
याे सुरुवाती सफलताले गर्दा टाढाकाे ग्रहलाई पत्ता लगाउने तरिका परिवर्तन गर्न सक्ने नासाले विश्वास व्यक्त गरेकाे छ ।
भविष्यकाे राेभर्सका लागि ड्राेनकाे उपयाेग हुन सक्छ, यहासम्म कि मङ्गलमा पुगेपछि अन्तरिक्ष यात्रीले पनि यसकाे प्रयाेग गर्न सक्छन् ।
नासाले पहिले नै शनि ग्रहकाे सबैभन्दा ठूलाे उपग्रह टाइटनकाे लागि एक हेलिकप्टर मिसनलाई अनुमति दिइसकेकाे छ ।
यस मिसनकाे नाम ड्र्यागनफ्लाई राखिएकाे छ । याे टाइटनमा सन् २०३० काे दशककाे मध्यमा पुग्ने आश गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।