एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका-६, अत्रौलीमा दुर्घटना भएको जानकारी दिनुभयाे ।
दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमा नै ज्यान गएकाे उपरीक्षक गिरीले बताउनुभयो । घाइतेमध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा र ११ जनाको डेढगाउँमा रहेकाे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्केको अवस्था गम्भीर रहेको गिरीले बताउनुभयो ।
जीपमा १७ जना रहेका थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। ब्रेक फेल भएर जीप सडकबाट ५० मिटर तल खसेको गिरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।