सत्तापक्षकै सदस्यकाे अवराेधपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

 वैशाख १४, २०७८ मंगलबार १४:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभाको मङ्गलवार (आज) को बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठककाे सुरुमा नै नेकपा एमालेका सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह अवस्था हुँदा सभासद्काे पीसीआर परीक्षण नभइ बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेश सभाको बैठक अझै सञ्चालन हुन सकेको छैन । 

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतवार मात्रै अविश्वासको प्रस्ताव टेबुल भइ त्यही विषयमा छलफल हुने कार्यसूची थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया