अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै - भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोनाका बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्राेलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ ।
अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो । कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।
ट्वीटमार्फत केजरीवालले भन्नुभएको छ, ‘दिल्लीमा ९ सय ७६ टन अक्सिजनको माग रहेकोमा जम्मा ३ सय १२ टन मात्रै उपलब्ध गराइएको छ, यति कम अक्सिजनमा दिल्लीले कसरी श्वास लिने ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।