प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, संसद्को विशेष अधिवेशन २७ गतेका लागि आह्वान

 वैशाख १९, २०७८ आइतबार २०:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभाको विश्वस छ भन्ने प्रष्ट गर्न चाहेकोले संसद्को विशेष अधिवेशन आह्वान गरिएको कार्यालयले जनाएको छ । 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे जानकारी गराउनुभएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र कांग्रेसलगायत दलहरू मिलेर अविश्वासको प्रस्ताव लैजाने तयारी भएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया